• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

दशगजामा भारतीय चेकपोस्ट

परासी । सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियमविपरीत स्थापना गरेको हो । भारतको उत्तर प्रदेश र विहारसँग जिल्लाको सीमा जोडिएको छ । 

 

पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट निर्माण गरेको बताए । त्यसबारे सम्बन्धित निकायलाई कूटनीतिक रूपमा जानकारी गराउने बताए । ‘अधिकांश स्थानमा दुवै पक्षबाट पालना गर्नुपर्ने नियम पूरा भएको छ,’ उनले भने, ‘एकरदुई स्थानमा दशगजा छुने गरेर अस्थायी पोस्ट भएको भेटिएपछि तत्काल हटाउन भनिएको छ ।’

 

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट ९बीओपी० छन् । भारततर्फ भने एसएसबीका १० भन्दा बढी पोस्ट छन् । सीमा क्षेत्रमा बीओपी कम भएपछि अहिले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीमा अर्को पोस्ट स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए । त्यसपछि भुजहवामा राख्ने गरी जिल्लास्थित सुरक्षा समितिबाट प्रस्ताव गरी पठाइएको छ । जिल्लास्थित सुरक्षा अधिकारीको संयुक्त अनुगमन टोलीले दशगजा क्षेत्रमा निर्माण गरिएका केही सीमास्तम्भ ९पिलर० हरूको रङरोगन मेटिएको अवस्थामा पाएको छ । केही स्तम्भका नम्बर मेटिएको छ ।

 

सीमा क्षेत्रमा १३ वटा प्रमुख र तीवटा सहायक गरी १६ वटा सीमास्तम्भ छन् । सनहीदेखि कुडियासम्म ती स्तम्भ छन् । सीमास्तम्भको मर्मत सम्भार दुवै देशले गर्नुपर्ने प्रावधान छ । सुस्ताको २४ किमि क्षेत्रमा सीमास्तम्भ छैन । सीमास्तम्भ नभएका ठाउँमा खोला, रूख वा अन्य जैविक सीमाको भर पर्नुपरेको छ । त्यसले गर्दा जोतभोगका विषयमा सीमावर्ती क्षेत्रका बासिन्दाबीच पटक–पटक विवाद हुने गरेको छ । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार