‘मिसेस तीज क्वीन काठमांडौ २०१९’ सम्पन्न
काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरेर गत शनिबार ‘मिसेस तीज क्वीन काठमांडौ २०१९’ सम्पन्न भएको छ । अन्य सौन्दर्य प्रतियोगिता भन्दा फरक यस प्रतियोगितामा २२ बर्ष देखी ७० बर्षसम्मका उमेरका ३५ जना महिलाहरुले सहभागिता जनाए ।
साथै यस प्रतियोगितामा अन्य सौन्दर्य प्रतियोगिता जस्तो फस्ट रनर अप ,सेकेन्ड रनर अप नराखी उपाधि एकजनालाई मात्र प्रदान गरिएको थियो । त्यसै अनुरुप ‘मिसेस तीज क्वीन काठमांडौ २०१९’को उपाधि बुढानिलकण्ठ निबासी सिर्जना शाहीले जित्न सफल भइन ।
त्स्तै अन्य उपाधिहरु मिसेस तीज क्वीन काठमांडौ २०१९, मिसेस बेस्ट ड्रेस हिरा सापकोटा, मिसेस बेस्ट डान्स शिला ठकुरी र मिसेस क्याटवाक संगीता श्रेष्ठले हात पार्न सफल भइन् ।
मोडल रोमी खड्गीलाई मिस क्याटवाक तीज क्वीनले सम्मान गरिएको उक्त कार्यक्रममा अग्रज महिलाहरु क्रमश शोभा देवी मोक्तान ,गिता लामा ,शान्तु लामा ,कान्ता थापा ,शशी तुलाधरलाई पनि सम्मान गरिएको थियो ।
फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धरले कोरियोग्राफि एवम संचालन गरेको कार्यक्रमलाई दरबारमार्ग स्थित शोभाज अप्टिंगले आयोजना गरेको हो ।
कार्यक्रमको सफलतासँगै उत्साहित बनेका शोभाज अप्टिंगका प्रबन्ध निर्देशक संगीता मोक्तानले आगामी दिनहरुमा यो प्रतियोगितालाई निरन्तरता दिई अझ बृहत रुपमा लैजानुपर्ने बताइन ।
प्रतिकृया दिनुहोस