• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

मिलेनियम च्यालेन्ज सम्झौता संसद्मा

काठमाडौं । नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन प्रक्रियामा रहेको छ । सहायता सम्झौता भएको करिब दुई वर्षपछि संसद्बाट अनुमोदन गर्न लागिएको हो ।

 

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते सहायता सम्झौता भएको थियो । मन्त्रिपरिषद्को २०७५ माघ २५ गतेको निर्णय अनुसार सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाका तर्फबाट प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभाको सामान्य बहुमतबाट सम्झौता अनुमोदन हुन सक्ने छ । प्रतिनिधिसभा सचिवालयका अनुसार चालू अधिवेशनमै सम्झौता प्रस्तुत हुनेछ । 

 

एमसीसी र सरकारबीच भएको सहमति अनुसार नेपालले पाँच सय मिलियन अमेरिकी डलर ९करिब ५५ अर्ब रुपियाँ० अनुदान पाउने उल्लेख छ । सम्झौताको सर्त अनुसार नेपाल सरकारले १३० मिलियन डलर (करिब १४ अर्ब) परिचालन गर्नुपर्नेछ । 

 

सरकारले सहायता रकम विकास समितिमार्फत विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भार गर्ने कार्यका लागि खर्च गर्नेछ । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठनका लागि सरकारले २०७४ चैत २० मा निर्णय गरिसकेको छ । 

 

रणनीतिक महत्व भएकाले परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा सरकारले समावेश गरेको छ । अनुमोदनपछि सम्झौता कार्यान्वयनको बाटो खुल्नेछ । एमसीसीले सन् २०१८ अक्टोबरमै सम्झौता अनुमोदनका लागि नेपाल सरकारलाई परिपत्र गरेको थियो । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार