• शनिबार ४-४-२०७६/Saturday 07-20-2019
शिक्षा

विदेशमा पढेर स्वदेश फर्क : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर सिकेको सीप उपयोग गर्न आग्रह गरेका छन् ।

 

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आयोजनामा १३औँ क्यान शैक्षिक मेलाको आज यहाँ उद्घाटन गर्दै उनले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीलाई यस्ता मेला निकै उपयोगी हुने बताए । 

 

कार्यक्रममा ब्रिटिश काउन्सिलका डेपुटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

 

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सचेत भएर जान आग्रह गरे । इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरेको र पहिलो दिन करीब ६० हजारले अवलोकन गरेको जानकारी दिनुभयो । मेला यही असार २९ गतेसम्म चल्नेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार