• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
शिक्षा

एसइई नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (बुधबार)  सार्वजनिक गर्ने तयारी गरेको छ ।  

 

उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । केहि प्राविधिक कारणले सम्भव नभएमा मात्र भोलिसम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।   

 

परीक्षा नियन्त्रण कार्यालय सूत्रका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगिसकेको छ । सोही कारण बुधबार नै नतीजा प्रकाशित गर्ने तयारी गरिएको छ ।

 

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार