• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
प्रविधी

दुई दिन बिदेशी च्यानल बन्द 

काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले सरकारले प्रस्ताव गरेको बिज्ञापन ऐनको बिरोध जनाउँदै असार ९ र १० गते नेपाली टिभीमा बिदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् ।

 

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो ३ बजेदेखि असार १० गते  ३ बजेसम्म बिदेशी च्यानल बन्द गर्ने निर्णय गरेको हो ।

 

सरकारले नेपालका टेलिभिजन तथा चलचित्र हलमा बज्ने कुनै विज्ञापन तथा होर्डीङ बोर्डहरुमा बिदेशी अनुहारलाई देखाउन नपाईने विज्ञापन ऐन २०७६ प्रस्ताव गरेको थियो । जसमा अब बिदेशी बिज्ञापनहरुमा बिदेशी कलाकार नभई अभिनयदेखि भ्वोईस ओभर समेत नेपालीकै हुनु पर्ने क्लिन फिड नीति लागु गर्ने तयारी गरिरहेको छ ।

 

यता सरकारको यस्तो निर्णयको बिरोध सुरु भएको छ । कुनै पनि विदेशी च्यानलले नेपालमा प्रसारणका लागि विज्ञापन रहित लिंक उपलब्ध गराउनुपर्ने भएकाले विज्ञापनरहित प्रसारण व्यावहारिक रुपमा लागू गर्न अप्ठ्यारो हुने जनाइएको छ ।

 

भारतीय ब्रोडकास्टर फोरमले यसअघि नै विज्ञापन रहित च्यानल दिन नसक्ने जनाइसकेको छ । टेलिभिजन प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन लागू भएमा डिजिटल टेलिभिजन व्यवसाय नै धरापमा पर्ने दाबी पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार