• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

तपाई भन्ने नेपाली शब्दको भाषै हराइसक्यो : प्रधानमन्त्री 

काठमाडौं । सञ्चारमाध्यममा समाचार सम्प्रेशणको भाषा शैलिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । मंगलवार आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘हाम्रा टेलिभिजनले जसलाई पनि तिमी भनेर सम्बोधन गर्ने गरेका छन् ।’

 

उनले भने, 'हाम्रो टेलिभिजनले कसैलाई तपाईँ भन्नै जान्दैन । तपाई भन्ने नेपाली शब्दको भाषै हराइसक्यो । बाउलाई पनि तिमी, हजुरबालाई तिमी, हजुरआमालाई पनि तिमी । यो त नेपाली संस्कृतिभित्र पर्दैन ।' 

 

आफुले यस्तो भन्दा कतिपयलाई मन नपर्ने पनि उनले बताए । स्थापित सञ्चारमाध्यमले पनि सामाजिक सञ्जाललाई पछ्याउनतिर लाग्ने हो भने कस्तो समाज सिर्जना गर्छौ भन्दै ओलीले प्रश्न गरे । 

 

प्रधानमन्त्री ओलीले गुठी विधेयक फिर्ता भएको बारे आफूले सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् । मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यसो भन्दा धेरैले आश्चर्य मानेका थिए । 

 

गुठी विधेयकबारे आइतबार उनले उपत्यकाका जनप्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए । उनले त्यहाँ पार्टी र क्याबिनेटमा छलफल गरेर निर्णय लिने बताएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार