• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

राज्यको सबै निकाय आफ्नो नियन्त्रण लिन खोजिँदै छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर अन्य जुनसुकै शासन व्यवस्था ल्याउने उद्देश्यका विरुद्ध संसद्, सडक लगायत सबै मोर्चाबाट आन्दोलन गर्नुपर्ने अवस्था आइसकेको बताएका छन् ।

 

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै उनले भने, 'राज्यको सबै निकायलाई आफ्नो बलमा नियन्त्रण लिन खोजिँदै छ ।' सङियता चलाउन वर्तमान सरकारले नसकेको आरोप लगाउँदै नेता थापाले केन्द्र चलेर मात्रै संघीयता कार्यान्वयन नहुने बताए ।

 

कांग्रेस नेता बालकृष्ण खाँडले प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र जस्ता संविधानका मूल मान्यतालाई कुण्ठित हुने गरी विधेयक मस्यौदा भएकाले लोकतन्त्र मासिने खतरा बढेको आरोप लगाए । लोकतन्त्र मासिने खतराबारे जनतालाई सचेत गराउन जागरण अभियान कुनाकाप्चा एवं टोल टोल पुग्ने नेता खाँडको भनाइ थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार