• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
मनोरञ्जन

फिल्म 'इंडियाज मोस्ट वान्टेड' को बारेमा अभिनेता अर्जुन कपुरको यस्तो खुलासा

मुम्बई । इंडियाज मोस्ट वान्टेड फिल्म बनाउनको लागि जुन अनुसन्धानको जरुरी थियो त्यो पहिले नै फिल्मका निर्देशक राजकुमार गुप्ताले पुरा गरिसकेका थिए। उनले तीन बर्षसम्म लामो अनुसन्धान गरेका थिए र फिल्म निर्माण गर्नको लागि उपयुक्त समयलाई कुरेर बसेका थिए। जब म फिल्मसँग जोडिए मेरो अनुसन्धानको लागि पनि उनले नै तयारी गरेका थिए । मैले सुचना सुराकी ब्युरोका व्यक्तिहरुसँग  भेटघाट गरेको थिए तर यी व्यक्तिहरु त्यो होइनन् जसको बारेमा हामीले कथा भनेका थियौं।

 

उहासँग भेट गरेको हुँदा मैले ती अफिसरहरुको बारेमा धेरै बुझ्न पाए र धेरै जानकारी हासिल गरे।अर्जुन कपूरको सत्य घटनामा आधारित चलचित्र “इंडियाज मोस्ट वान्टेड” रिलिज भएको छ र चलचित्रमा अर्जुन कपूरको बेग्लै अन्दाज रहेको छ। फिल्मको बारे  कुरा गर्दै अर्जुनले भने जब हामीले इन्टेलिजेन्स ब्युरोका अफिसर वा एजेन्टका बारेमा कुरा गर्छौ तब जेम्स बोंड भएको जस्तो महसुस हुन्छ अथवा मिसन इम्पोसिबल जस्तो चलचित्रको याद आउँछ ।

 

भारतीय अफिसरले जस्तो साधा पोसाक लगाए पनि आम मानिस जस्तो भने देखिदैन र  अफिसरहरु आम मानिस बीच घुलमिल हुन्छन् । यिनीहरु आम मानिस जस्तो देखिए पनि ९ बजे देखि ५ बजे सम्मको काम नै गरिराखेका हुन्छन्। यी अफिसरहरुले यती गुपचुप तरिकाले काम गर्छन् कि अरु मानिसहरुले पत्तै पाउदैनन् र यिनीहरुको काम भनेको जानकारी संकलन गर्ने हो, जस्तै आतंकवादी क्रियाकलापको बारेमा सूचना संकलन गर्नु र कुनै ठुलै घटना हुन लागेको छ भने  बेलैमा त्यो घटनालाई असफल पर्ने काम पनि गर्छन्। यिनीहरुमा अटेरीपन हुँदैन र चाडै रिसाउने बानी पनि हुँदैन । रिसमा उठे पनि त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । ।

 

 

गुरिल्ला वार सुनेका थियौं तर यो गुरिल्ला शुट भनेको खासमा के हो ?
चलचित्र निर्देशक राजकुमार चाहनुहुन्थ्यो हामी सधारण किसिमले मानिसप्रति प्रतित हौ ।  कतै पनि कुनै पराक्रम नबनौं ।  हाम्रो शारीरिक भाषा र पहिरन पनि साधारण नै हुनुपर्थ्यो । यसै प्रकारले हामी पाँचजना एउटा स्कोरपियो गाडीमा हुइकिन्छौं   र शुटिंग गर्थ्यौ र यो शुट गर्ने क्रममा कसैलाई कुनै खबर हुँदैन्थ्यो ।  शुट गर्ने प्रक्रियालाई नै गुरिल्ला शुट भनिन्छ।

 

चलचित्रमा काम गर्नु भन्दा पहिला तपाई यस्तो कुराहरुसँग कत्तिको सावधान हुनुन्थ्यो ?
खासै थिइन। मैले यति मात्रै जानेको थिए कि यस्ता सिरिएल ब्लास्टहरु भएका थिए तर सबैभन्दा खराब कुरा हामीमा यो पनि थियो कि जिन्दगी लगातार आगाडी बढ्दै थियो। तपाइको स्मरणहरु बिस्तारै हराउँदै जान्छ। यासीन भटकलको नाम पनि सुनेको थिइन र थाहा पनि थिएन जब चलचित्रको निर्माणको कार्य आरम्भ भयो तब कुराहरु सम्झिदै गए। यो ब्लास्टको समयमा म कहाँ छु ? के गर्दै थिए ? कसरी अफिसरहरुले पटना देखि नेपाल गएर देशका मोस्ट वान्टेड आपराधी मध्ये एकलाई करारी पक्राउ गरे ? भन्ने कुराहरु बिस्तारै थाहा हुँदै गयो।


 

यासीन भटकलको बारेमा के भन्न चाहनुहुन्छ ?
यासीन भटकलको नाम मात्रै सम्झिंदा पनि रगत उम्लेर आउँछ। हामीले चलचित्रमा यो नामको प्रयोग गरेनौ र नामको बारेमा केही  सम्झिँदा पनि सम्झिएनौं । किनकी चलचित्र यही व्यक्तिलाई पक्राउ गर्ने अफिसरमा आधारित थियो। मलाई सम्झिंदा पनि आश्चर्य लाग्छ कोहि व्यक्तिले कसरी चारसय जनाको विभत्स रुपमा हत्या गर्न सक्छ ।  यसको परिक्षण अझै पनि चलिरहेको छ । उसले आफुलाई निर्दोष भन्छ जबकी सबै प्रमाणहरु उसको विरुद्धमा छन्। म कहिलेकाहिँ सोच्ने गर्छु कि जुन चारसय जनाको उसले हत्या गर्यो उनीहरुको घरपरिवारले  यासीन भटकल आफु निर्दोष रहेको भन्दै हिड्छ भन्ने सुन्नछन्  तब ती घरपरिवार कुन स्तिथिमा हुन्छन् होला ।  तर सोचेर मात्रै के गर्ने हाम्रो देशको न्याय प्रणालीले हरेकलार्इ आफ्नो पक्षमा राख्छ र आफुले आफुलाई निर्दोष प्रमाण गर्ने मौका दिन्छ। हाम्रो देशले यस्ता कुराहरुलाई सजिलै पचाई दिन्छ। साभार : वेभ दुनियाँ
   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार