• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
प्रविधी

नेपाली विद्यार्थीले बनाएको नेपालको चन्द्र-सूर्य अंकित पहिलो भू-उपग्रह प्रक्षेपण

काठमाडौं। नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २:३५ बजे अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको छ ।

 

 उक्त स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेका हुन ।

 


 जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्ेको हो ।

 

 योसँगै नेपाल पहिलोपटक अन्तरिक्ष युगमा प्रवेश गरेको छ । उक्त नेपालीस्याट– १ नामक भूउपग्रहमा नेपालको चन्द्र(सूर्य अंकित झण्डाका साथै नाष्टको प्रतीकचिह्नसमेत अंकित गरिएको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार