• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
शिक्षा

प्रदेश २ मा स्थगित एसईई परीक्षा चैत २२ देखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलेले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईई परीक्षा चैत २२ चैतदेखि सुरु गर्ने भएको छ ।

 


 बोर्डको आज बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो  । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले ती विषयको परीक्षा रद्ध गर्दै अन्य सबै परीक्षा स्थगित गरेको जनाएको छ । 

 

 २२ गते विज्ञान, २३ गते सामाजिक,  चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ 

 

 यसैगरी गएरातीको हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए व्यवस्थापन गर्न  जिल्ला परीक्षा समन्वय समितिलाई बोर्डले आग्रह समेत गरेको छ ।

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार