• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
शिक्षा

सांस्कृतिक कार्यक्रम उत्ताउलो र भडकिलो भन्दा अनुसाशित हुनु जरुरी : शिक्षा सचिव बराल

काठमाडौं ।  एपेक्स लाइफ स्कुलले  'बिविधतायुक्त सांस्कृतिक कार्यक्रम' आयोजना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालको प्रमुख अतिथ्यमा स्कुलले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एपेक्स स्कुलका बिद्यार्थीहरुले बिभिन्न जात-जाती, धर्म, संस्कृति र बहुभाषिक कुराहरु समेटिएको सांंस्कृतिक प्रस्तुति दिएका थिए । नेपालमा भएका विभिन्न जातजाति एवं संस्कृति झल्काउनका निम्ती पनि एपेक्स स्कुलले निरन्तर रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।  

 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालले  नेपाली भाषाको विकासका लागि संस्कृतको पठनपाठन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले संस्कृत भाषाको पठनपाठनमा जोड दिएर त्यो अनुरुपको संस्कृति, मूल्यमान्यताको व्यवहारिक विकास गर्नमा विद्यालयले रुचि देखाएको आफूले महसुस गरेको बताएका थिए । अहिले आधुनिकताको नाममा विद्यालयहरुमा हुने सांस्कृतिक कार्यक्रम उत्ताउलो र भडकिलो भन्दा अनुशासित, मर्यादित, ज्ञानमूलक, प्रेरणा र शिक्षा दिने खालको हुनुपर्ने कुरामा सचिव बरालले जोड दिए ।

 

 

यस्तै सांस्कृतिक विविधता बुझाउनका लागि सम्पूर्ण अभिभावक लगायत विद्यार्थी सबैलाई आआफ्नो सांस्कृतिक भेषभूषामा उपस्थिति गराउनु पनि कार्यक्रमको उदेश्य रहेको  स्कृलका कार्यकारी निर्देशक सुवाश न्यौपानेले बताए ।

 

यता अभिभावक संघका अध्यक्ष केशव पुरीले विद्यालयलाई  नाफामुखी भन्दा सेवामूलक बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावक मिलेर नै हाम्रो शिक्षा प्रणालीलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए ।

 

 

कार्यक्रममा विद्यार्थीहरुले नेपालको हिमाल, पहाड र तराईको विभिन्न जातजातिको मौलिक संस्कृतिमा आधारित भेषभुषासहितको नृत्य प्रर्दशन गरेका थिए । त्यस्तै  सन्देशमूलक गीत र नाटक पनि प्रस्तुती गरेका थिए ।  सुरुमा शिशु निकेतन, त्यसपछि सेरेन भ्याली हुँदै एपेक्स लाइफ स्कूलको नामाकरण भएको थियो ।

 

 

यस्तै कार्यक्रममा दुई दशकदेखि विद्यार्थीको पठनपाठनमा उत्कृष्ट योगदान गरेका शिक्षक ऋषि सापकोटालाई रु ५० हजार ५०१ नगदसहित सम्मान गरिएको थियो भने विद्यार्थी सिमरन घिमिरेलाई एकेडेमीक एक्सलेन्स र दिपीका विष्टलाई उत्कृष्ट अतिरिक्त क्रियाकलाप अन्र्तगत एक वर्षको छात्रवृत्ति प्रदान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार