• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
शिक्षा

पोखराका दुई बिद्यालयमा न्यानो कपडा वितरण 

पोखरा ।  सामाजिक जागरणका लागि नारी अभियान नेपालको लक्षित वर्गका बिद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । पाचौं चरणको कार्यक्रम अनुरुप सोमवार पोखरा २२ पुम्दीभुम्दीका दुई विद्यालयमा कपडा वितरण तथा सचेतना जागरण  कार्यक्रम सम्पन्न भएको छ। 

 

अन्य कार्यक्रममा अतिथि मञ्चमा बस्ने विद्यार्थी भुइमा बस्ने हुन्छ भने दुइवटै कार्यक्रममा सांसद सहितका अतिथि उभिएएर सञ्चालन गरेका थिए । विद्यार्थी भने कुर्सी तथा कार्पेटमा बसेर  न्यानो कपडा लगाए । 

 

गण्डकी प्रदेशका सांसद राजिव पहारीले कार्यक्रमको उद्घाटन गर्दै आफ्नो सम्पूर्ण तलबभत्ता जनताको सेवामा खर्चिने घोषणा गरेका छन् । पहारीले लक्षित वर्गका विद्यार्थीलाई न्यानो कपडा अभियानमा आफुले समेत सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहर्काय गर्ने प्रतिवद्दता जनाए । 

 

वडा नं २२ का अध्यक्ष मित्रलाल बरालको संयोजकत्वमा भगवती आधारभुत विद्यालय र युवा ज्योती प्रा. वि का लक्षित वर्गका ६० जना विद्यार्थी छनौट गरिएको थियो । सामाजिक जागरणका लागि नारी अभियान नेपाल र सांसद पहारीले आफ्नो वडामा आई विद्यार्थीलाइ सुइटर, टोपी र मोझा वितरण गरेकोमा अध्यक्ष वरालले धन्यवाद ज्ञापन गर्दै वडा कार्यलय महानगरपालिका भएर पनि पछाडि परेको र विकासका कार्य भैरहेको जानकारी गराए ।

 

न्यानो कपडा वितरण अभियानका अभियन्ता सुष्मा पौडेलले हालसम्म पाचौं चरणको कार्यक्रम सम्पन्न गरिएको वताउँदै । कोही विद्यार्थी गरिव भएका कारण विद्यालयवाट बञ्चित हुन नपरोसलभनेर न्यानो कपडा अभियान थालिएको र आजसम्म सहयोग गर्ने सवैलाइ धन्यवाद ज्ञापन गरिन् । सामाजिक जागरणका संयोजक पत्रकार तथा अधिवक्ता समेत रहेकी पौडेलले विगतका वर्षदेखि नै न्यानो कपडा अभियान लगायत थुप्रै अभियान सञ्चालन गरिसकेकी छन् ।

 

कार्यक्रममा उपस्थित जनप्रतिनिधि ,अभियन्ता, समाजसेवी तथा पत्रकारहरुले समेत विद्यार्थीलाइ न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार