• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

प्रवेश परीक्षाबिनै एमबीबीएस पढाइ

धनुषा । जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो । 


एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा विदेश जाने नेपाली विद्यार्थीले आईओएमले लिने प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने प्रावधान छ। तर ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन्।

कलेजले प्रक्रिया मिचेर उनीहरूको भर्ना लिएकोमा आईओएमले पुस ५ देखि हुने एमबीबीएस पहिलो वर्षको परीक्षाबाट वञ्चित गरेको छ। जानकी मेडिकल कलेजले एमबीबीएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आईओएमलाई पठाएको थियो। कान्तिपुर दैनिकबाट । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार