• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेपाली कांग्रेसको विधान मस्यौदामा नेताहरु सहमति नजिक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमार्फत विधान मस्यौदामा पनि सहमति हुने संकेत देखिएको छ ।

 

मंगलबार अपरान्ह केन्द्रीय समितिको छलफलबाट विधान मस्यौदामा लगभग सहमति भएको नेताहरुले बताएका छन् । अब विधानका विषयमा केन्द्रीय समितिले अनुमोदन गर्ने र महासमिति बैठकमा पेस गर्ने तयारी भएको छ ।

 

विधानमा  उपसभापति, महामन्त्री र सहमहामन्त्री दुईरदुई गरी आठ जनाको पदाधिकारी बनाउने सहमति भएको बताइएको छ ।

 

कोषाध्यक्ष भने केन्द्रीय समितिबाट मनोनीत गर्ने बताइएको छ। पदाधिकारी सरहको प्रवक्ता पनि मनोनीत गर्ने सहमति भएको बुझिएको छ ।

 

साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यो निर्णय गरेको हो ।  ७१ पृष्ठ लामो विधान मस्यौदा केन्द्रीय समितिले पारित गरेपछि छाप्न प्रेसमा पठाइनेछ ।

 

यसअघि विधान मस्यौदालाई अन्तिम रूप दिन शीर्ष नेताहरू बैठक बस्दा दिउँसो ३ बजे मात्र महासमिति बैठक बसेको थियो। लामो प्रयासपछि विधान मस्यौदामा सहमति जुटेको हो।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार