• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

सुत्केरी भत्ता समेत उधारोमा 

हुम्ला । प्रसुति गृहमा बच्चा जन्माउने सुत्केरी आमा लाई दिईने सुत्केरी भत्ताको बजेट अपुग भएको भन्दै पछि दिने आश्वसन दिँदै उधारोमै छोडने गरेका छन । बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा सुत्केरी आमालाई एक हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिने सरकारले व्यवस्था गरेको छ । तर गएको साउन महिना यता हुम्लाकी सुत्केरी आमाहरूले भने भत्ता पाएका छैनन् ।

 

बजेट अपुग आएकोले सबै सुत्केरी लाई दिन नसकिएको स्वीकार गर्दै सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । माथि बाटै बजेट अपुग आएको हुनाले सुत्केरी भत्ता उधारो राखेका छौँ र पछि आए पछि वितरण गर्ने संयोजक धामीले बताए  ।

 

सर्केगाड गाउँपालिका –१ जैरकी मन्दिरा बुढा गर्भवती भएपछि नियमित स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराईन । बर्थिङ सेन्टरमा बुढाले बच्चा जन्माईन ,तर घर फर्किने वेला स्वास्थ्यकर्मीले अहिले पैसा छैन पछि लग्नु होला भन्दै घर र्फकाए । जेठमा बच्चा जन्माएकी बुढाले मंसिर सम्म पटक–पटक बर्थिङ सेन्टर पुगिन तर सुत्केरी भत्ता नपाएको बाताईन् । नेपाल समाचार पत्रबाट ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार