• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

फिल्म ‘दबंग–३’ फेरी विवादमा, रिलिज रोक्न माग 

मुम्बई । बलिउड कलाकार सलमान खानको फिल्म  ‘दबंग–३’ विवादमा परेको छ । हिन्दु जनजागृति समितिले फिल्मको शिर्ष गीत  ‘हुड हुड दबंग’प्रति आपत्ति जनाएको हो । 

 

‘हुड हुड दबङ्’ गीतमा सलमान सँग केही  साधुहरुको आपत्तिजनक नृत्यले हिन्दू धर्मको भावनामा ठेस लागेको भन्दै आपत्ति जनाएको हो ।

 

पहिला पनि  छायांकनको क्रममा शिव लिङ्गलाई आदर नगरेको आरोपमा फसेको फिल्म अब  गीतलाई लिएर चर्को विरोधमा फसेको छ । हिन्दू जनजागृति समाजले यहि कारण देखाई चलचित्र रिलिजमा रोक लगाउन उजुरी दिएका हुन । 

 

यता यो विषयमा सलमान खान वा फिल्मसँग सम्बन्धित कसैको पनि प्रतिक्रिया आएको छैन । डिसेम्बर २० अर्थात क्रिसमसमा रिलिज मिति तोकिएको चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा, प्रीति जिन्टा, अरबाज खान साउथ स्टार किच्च सुदीप, टीनू आनन्द लगायतका कालकारहको अभिनय रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार