• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

नाफा कमाउन दुर्गममा महँगो चामल

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नाफा कमाउन दुर्गमका उपभोक्तालाई बढी मूल्यमा चामल नाफा बेच्ने गरेको पाइएको छ। सुगम क्षेत्रमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै चामल बेच्ने कम्पनीले निजी क्षेत्रको उपस्थिति नभएको दुर्गमका गरिबलाई ढुवानी अनुदानको चामल महँगो मूल्यमा बेचेको हो।

 

सिद्धान्ततः खाद्यले सुगमकै मूल्यमा ढुवानी खर्च जोडेपछि हुन आउने मूल्यमा चामल बेच्नुपर्ने हो। तर, उसले सबैजसो दुर्गम जिल्लामा ढुवानी भाडा बाहेक पनि नाफा जोडेर चामल बेचिरहेको हो। नाफा कमाउनका लागि दुर्गमका उपभोक्तासँग बढी मूल्य लिने गरेको कम्पनीका अधिकारी नै स्वीकार्छन्।

 

सरकारले कर्णाली लगायत तोकिएका दुर्गम जिल्लामा चामल ढुवानी गर्दा हुने खर्च कम्पनीलाई अनुदानस्वरुप उपलब्ध गराउँछ। तर कम्पनीले ढुवानी अनुदान पाएको चामलमा ढुवानी खर्चसमेत जोडेर मूल्य तोक्ने गरेको छ। केही समयअघि नागरिकसँगको कुराकानीमा खाद्यका तत्कालीन महाप्रबन्धक योगेन्द्र गौचनले दुर्गम २३ जिल्लाका उपभोक्ताले चामल किन्दाढुवानी खर्च नजोडेकै मूल्यमा पाउने बताएका थिए।

 

तर, कम्पनीले तराईका र दुर्गम जिल्लाका लागि तोकेको मूल्य प्रतिक्विन्टल सयदेखि १५ सय रुपैयाँसम्म बढी छ। सुर्खेतमा अरुवा मोटा चामलको मूल्य क्विन्टलको ४४ सय रुपैयाँ छ। हुम्लामा त्यही चामलको ५७ सय प्रतिक्विन्टलमा बेच्छ।सुर्खेतमा ४७ सय पर्ने सोना मन्सुलीलाई हुम्लामा ६२ सय तिर्नुपर्छ।

 

सुगम जिल्लाको दररेट र दुर्गम जिल्लाको मूल्य तुलना गर्दा कुल ढुवानी भाडाको २० देखि ५० प्रतिशतसम्म खर्च उपभोक्ताको ठाउकोमा पर्छ। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार