• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच ‘वान टु वान’ छलफल, आज सचिवालय बैठक बस्दै

काठमाडौं ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।

 

सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि सचिवालयमा छलफल थालेका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे हिजो उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

 

सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत गम्भीर समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने बताइएको छ ।

 

प्रधानमन्त्रीको चाहना अनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिने निश्चित भएको बताइएको छ । मंसीर १४ गते हुने उपनिर्वाचनअघि नै मन्त्रीपरिषद पुर्नगठन हुने तयारी भएको बताइएको छ । केहीबाहेक अधिकांश मन्त्रीको कार्यसम्पादन औसतभन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पूरै फेरबदल गर्न खोज्नु भएको स्रोतले बताएको छ । 

 

यस्तै, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुनेछ । भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भए पनि नेताहरूबीचको विवाद र अन्य व्यस्तताका कारण यो विषय ओझेलमा पर्दै आएको थियो । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वयबीच सहमति जुटेपछि सचिवालय बैठक डाकिएको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार