• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीले उनीहरुलाई एक साता थुनामा राख्न अनुमति मागेको थियो।

 

प्रहरीले बिहिबार बेलुका विमानस्थलबाटै रुपज्योतीलाई पक्राउ गरेको थियो । त्यस्तै छोरी सुरुचीलाई पनि प्रहरीले बिहीबार राति नै नियन्त्रणमा लिएको थियो । पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका उनी प्रतिष्ठित व्यापारिक घराना ज्योती ग्रुपका सदस्य समेत हुन् । 

 

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।

 

तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञा सम्बन्धी रिट खारेज गरेपछि उनी प्रहरीको खोजी सूचीमा थिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार