कलाकार प्रदिपको फरक लुकमा ‘प्रेमगीत–३’ को मोसन टिजर सार्वजनिक
काठमाडौं । प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेमगीत–३’ को मोसन टिजर सार्वजनिक भएको छ ।
टिजरमा प्रदिप घोडामा चढेर हातमा हतियार लिएको र अनुहार रगतले लतपतिएको अवस्थामा देखिएका छन् । चैत २८ गते रिलिज डेट लिएको चलचित्र ‘प्रेम गीत–२’ को सिरिज हो ।
सन्तोष सेनको निर्माण रहेको चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।
चलचित्रमा प्रदिपको जोडी नव नायिका क्रिस्टिना गुरुङ हुनेछिन् भने अन्य कलाकारहरुमा शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, लक्ष्मी वर्देवा लगायतको अभिनय रहनेछ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस