• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

कलाकार प्रदिपको फरक लुकमा  ‘प्रेमगीत–३’ को मोसन टिजर सार्वजनिक 

काठमाडौं । प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेमगीत–३’ को मोसन टिजर सार्वजनिक भएको छ ।

 

टिजरमा प्रदिप घोडामा चढेर हातमा हतियार लिएको र अनुहार रगतले लतपतिएको अवस्थामा देखिएका छन् । चैत २८ गते रिलिज डेट लिएको चलचित्र  ‘प्रेम गीत–२’ को सिरिज हो । 

 

सन्तोष सेनको निर्माण रहेको चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले  संयुक्त रुपमा निर्देशन गर्दैछन् । 

 

चलचित्रमा प्रदिपको जोडी नव नायिका क्रिस्टिना गुरुङ हुनेछिन् भने अन्य कलाकारहरुमा शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, लक्ष्मी वर्देवा लगायतको अभिनय रहनेछ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार