• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

खातुनमाथि एसिड प्रहार गर्ने बाल सुधार गृहमा

वीरगन्ज । जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले खातुनमाथि एसिड प्रहार गरेका माजिद मियाँ र सम्साद मियाँलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी सम्सादले गत भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए ।

 

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेको अभियोजन पत्रमा मुलुकी अपराध संहिता २०७४ को दफा ४५९४०, मुलुकी अपराध संहिता २०७४ को दफा १८३९२०, १९३९२० र बालबालिका ऐन २०७५ को दफा ३६९४० बमोजिम सजाय माग दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका मुद्दा फाँटका एक अधिकृतका अनुसार ज्यान मार्ने उद्योगमा १० वर्ष कैद र एसिड प्रहार गरी कुरूप बनाएकाले ८ वर्ष कैद माग दाबी गरिएको छ । यसैगरी एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म क्षतिपूर्तिको मागसमेत गरिएको ती अधिकृतले जनाए ।

 

त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुनलाई स्कुल जाँदा बाटोमै रोकेर एसिड प्रहार गरिएको थियो । प्रहरीका अनुसार सम्सादले साथी माजिदको सल्लाहमा एसिड प्रहार गरेको बयान दिएका छन् । सम्साद र माजिद मिल्ने साथी हुन् । सम्सादले दिएको बयानअनुसार ५ महिना अगाडिदेखि माजिदले खातुनलाई पछ्याइरहेका थिए ।

 

माजिदको प्रेम प्रस्ताव खातुनले अस्वीकार गरेकी थिइन् । एसिड हाल्ने योजना भदौ १९ गते राति बनेको थियो । ‘सम्साद र माजिदले घटनाको अघिल्लो राति करिब एक बजेसम्म छपकैयामा भइरहेको गणेश चतुर्थी पूजा हेरेका थिए,’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यहाँबाट उनीहरू गणेशमान चोकमा रहेको सैलुनमा सुतेका थिए । सैलुनमा सम्साद पार्ट टाइम काम गर्थे, सैलुनको एउटा साँचो उनीसँगै हुन्थ्यो ।’

 

भोलिपल्ट बिहान उठेर उनीहरू मालपोत चोकमा रहेको एक चिया पसलमा गएर चिया खाएपछि खातुनलाई कुरेर बसेका थिए । खातुन आएपछि सम्सादले भाभी (भाउजू) भन्दै रोके । ‘भाभी माजिदसँग किन नबोलेको रु’ भनेर उनले सोधे । ती अनुसन्धान अधिकृतका अनुसार ‘मलाई स्कुल जान ढिला भो’ अगाडि बढ्न खोज्दा खातुनमाथि सम्सादले जगमा रहेको एसिड उनको शरीरमा फ्याँकेका थिए ।

 

प्रत्यक्षदर्शी र सैलुन सञ्चालकको बयानका आधारमा एसिड प्रहार गर्नेको पहिचान भएको थियो । घटनाकै दिन दुवैलाई प्रहरीले छपकैयाबाट नियन्त्रणमा लिएको थियो । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार