• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

पोखराबाट उम्मेदवार नबन्ने बामदेवको घोषणा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष बामदेव गौतमले कास्की क्षेत्र नम्बर २ बाट निर्वाचन नलड्ने भएका छन् । 

 

शनिबार बसेको नेकपा सचिवालय बैठकमा उनले आफू कास्की जिल्लाको रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवार नदिने जानकारी गराएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका हुन ।

 

आफूलाई कास्कीबाट उम्मेदवार बन्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ुप्रचण्डुले  आग्रह गरेको उनले स्टाटसमा खुलाएका छन् । चुनाव लड्न आग्रह गर्ने सबैप्रति उनले धन्यवाद समेत दिएका छन्।

 

‘यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ। उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो,’ उनले भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो। तर मलाई विश्वास छ मभन्दा अरुकोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ।’

 

उनले कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय नेता उम्मेदवारीका निम्ति पहिलो हकदार हुने पनि बताएका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार