• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
शिक्षा

सामुदायिक स्कूलमा भ्रष्टाचारै भ्रष्टाचार

सिन्धुपाल्चोक ।  हाम्रा अधिकांश सामुदायिक विद्यालय बेथिति, अनियमिततास राजनीति र भ्रष्टाचारले थिलथिलो बन्दै गएका छन् । फलतः विद्यालयको गुणस्तर र बालबालिकाको भविष्य जर्जर बनेको छ । प्रायः सामुदायिक विद्यालय यति लथालिङ्ग छन्, यहाँ ‘जसले जे गरे पनि हुने’ भन्ने मान्यता स्थापित हुँदै गएको देखिन्छ । सामुदायिक विद्यालय तहस–नहस हुँदै जानुमा भ्रष्टाचार नै प्रमुख कारण रहेको पाइन्छ ।

‘भ्रष्टाचार’ को अर्थ आर्थिक अनियमितता वा हिनामिना गर्नु हो भन्ने आम बुझइ छ । तर यथार्थमा कुनै पनि व्यक्तिको बिग्रिएकोस खराब, असभ्य र गलत आचरण बानीबेहोरा नै भ्रष्टाचार हो । यो परिभाषा व्यक्ति, संस्था, समुदाय सबैमा लागू हुन्छ । यसर्थस सामुदायिक विद्यालयसँग सम्बद्ध सबैबाट हुने गरेका भ्रष्टाचारजन्य खराब आचरणले गर्दा हाम्रा सामुदायिक विद्यालय थिलथिलो भएका हुन् भन्न सकिन्छ ।

शैक्षिक भ्रष्टाचार

सार्वजनिक विद्यालयमा हुने गरेको शैक्षिक भ्रष्टाचार सामुदायिक विद्यालयको उन्नतिको प्रमुख बाधक हो । यसमा सबैभन्दा बढी जिम्मेवार शिक्षक र प्रधानाध्यापक देखिन्छन् । उदाहरणको रूपमा सामुदायिक विद्यालयमा हुने दैनिक शैक्षिक गतिविधिलाई लिन सकिन्छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ र २०६५ ले वार्षिक ९कक्षा १–३० ८१६ घण्टास ९कक्षा ६–८० ९३६ घण्टास त्यस्तै आधारभूत तह पाठ्यक्रम २०६९ ले ९कक्षा ६–८० वार्षिक १०५० घण्टा र माध्यमिक तह पाठ्यक्रमले वार्षिक १०६४ घण्टास पठनपाठन हुनुपर्ने व्यवस्था गरेको छ । वार्षिक न्यूनतम २२० दिन पठन–पाठन हुनुपर्ने व्यवस्था परिमार्जित माध्यमिक तहको पाठ्यक्रममा गरिएको छ ।

 

अब प्रश्न उठ्छ हामीले वार्षिक २२० नियमित कक्षा संचालन गरेका छौं त रु प्रति विषय वार्षिक चार पाठ्यघण्टा अर्थात् १२८ घण्टा कक्षा कार्यकलाप संचालन गरेको छौं त रु कम्तीमा ४५ मिनेटको घण्टीलाई हामीले निमोठेर ३५ मिनेटसम्म झरेका छौं ।

३५ मिनेटको समयमा पनि दुई÷पाँच मिनेट ढिलो गरी जाने र छिटो निस्कने हाम्रो दैनिकीले गर्दा २०÷२५ मिनेट मात्र कक्षाकोठामा शिक्षक रहने संस्कार शैक्षिक भ्रष्टाचार हैन र रु त्यस्तै शिक्षकले लिने भैपरी पर्व र बिरामी विदा गरी वार्षिक २४ दिन विदा दिन पु¥याएरै लिने चलन छ । अनि महीनौं काजमा बिताउने प्रधानाध्यापकले कक्षा कोठामा समय कति खर्चिएका छौं रु र यसमा प्राविधिक सहायता नगर्ने स्रोतव्यक्ति र नियमन— अनुगमन नगर्ने उपल्ला निकाय पनि शैक्षिक भ्रष्टाचारका मतियार नै हुन् ।

 

यसका अलावा विना पाठयोजना, विना शैक्षिक सामग्री कक्षाकोठामा जानु, शिक्षकको आचारसंहिता पालना नगर्नु, विद्यार्थीलाई शारीरिक–मानसिक यातना दिनु पनि शैक्षिक भ्रष्टाचार हो ।

 

तालीमलाई औपचारिकतामा सीमित गर्ने, निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिलाई पाठ्यक्रममै सीमित राख्नु, शिक्षणमा नवीनतम शिक्षण विधि र सूचना तथा संचार प्रविधिको प्रयोग तथा कक्षा कोठा, विद्यालय र शैक्षणिक गतिविधि बालमैत्री नहुनु पनि शैक्षिक भ्रष्टाचार नै हो । लगनशील भई पठनपाठनमा सरिक नहुने विद्यार्थी र आफ्ना नानीहरूको पढाइलाई नजिकबाट नियालेर उनीहरूको नियमित पठनपाठनमा प्रत्यक्ष साथ नदिने विद्यार्थी र अभिभावकको आचरणलाई पनि शैक्षिक भ्रष्टाचार मान्न सकिन्छ ।

राजनीतिक भ्रष्टाचार

संसारलाई राजनीतिले सपारेको छ । तर हाम्रो देशलाई त्यसैले बिगारेको यथार्थ कसैमाझ् छिप्न सक्दैन । झ्न् शैक्षिक क्षेत्रलाई राजनीतिले यति गाँजेको छ, खास राजनीति नै शिक्षालयमा हुन्छ । हाम्रा अधिकांश शिक्षक पार्टीका झेले छन् । विद्यालयमा पढाइ भन्दा धेरै राजनीतिक बहस–पैरवी हुन्छ ।

विद्यालय छाडेर थुप्रै शिक्षक चुनाव प्रचारमा खुलेआम निर्धक्क हिंडेको देखियो गत वर्ष । विव्यस अध्यक्षले आफ्ना पार्टीका कार्यकर्ता शिक्षकलाई सहर्ष चुनाव प्रचारमा छाडिदिए । प्रधानाध्यापकले पनि आफ्नो मन परेको र आफ्नो कालो काममा साथ दिने शिक्षक भएपछि आँखा चिम्लिदिए । होस यस्तै खुराफाती राजनीतिक भ्रष्टाचारले सामुदायिक विद्यालयमा एकादुई बाँकी रहेका इमानदार शिक्षकलाई हतोत्साही बनाउने संस्कार बढ्दैछ ।

शिक्षक नियुक्ति र सरुवामा हुने राजनीतिक भ्रष्टाचार यति घिनलाग्दो छ कि पहिल्यै पार्टी पहिचान गरेर मात्र शिक्षक नियुक्त गरिन्छ । नियुक्ति प्रक्रिया त केवल नाटक जस्तो मात्र लाग्छ । यसमा राजनीतिक पार्टी, शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोतव्यक्ति, विव्यस अध्यक्ष र प्रधानाध्यापक अनि केही कार्यकर्ता शिक्षक मजैले लाग्छन् ।

 

प्रधानाध्यापक नियुक्ति र शिक्षक सरुवा गर्नुपर्ने अवस्थामा पनि शिक्षक नियुक्तिकै प्रक्रिया दोहोरिन्छ । अँध्यारो कोठामा विषाक्त राजनीतिक गन्धबाट नै शुरू हुन्छ— फलानो हाम्रो पार्टीको तिलानो त्यो पार्टीको भनेर । कहिल्यै शिक्षकको योग्यता कति रु क्षमता कति रु कार्यकुशलता कति रु नैतिकता कति रु केही खोजिंदैन । खोजिन्छ त केवल कसको मान्छे रु कुन पार्टी रु अझ् माथि उल्लेख गरिएका संजालको पक्षमा काम गर्छ कि गर्दैन रु यही हो प्रधानाध्यापक नियुक्तिको आधार । शिक्षा नियमावलीको प्रधानाध्यापक नियुक्ति सम्बन्धी व्यवस्थालाई सीधै लत्याइन्छ ।

विद्यालय शिक्षकको कार्यकुशलताको मूल्याङ्कन पनि विव्यस, प्रअ र स्कूलका केही झेले शिक्षकसँग सम्बन्धित पार्टीको मान्छे हो, होइन अथवा पार्टी भित्र पनि उनीहरूका गलत कामलाई समर्थन गर्ने मान्छे हो कि होइन भन्ने आधारमा गरिन्छ ।

 

आर्थिक भ्रष्टाचार

पेशागत र राजनीतिक भ्रष्टाचार सँगसँगै सामुदायिक विद्यालयलाई ध्वस्त बनाउने अर्को आर्थिक भ्रष्टाचार पनि हो । कतिपय अवस्थामा राजनीतिक भ्रष्टाचारको मिलनविन्दु आर्थिक भ्रष्टाचार नै हुन पुग्छ । आर्थिक भ्रष्टाचारमा जिल्ला शिक्षा अधिकारीदेखि जिशिकाका प्राविधिक, अधिकृत, विनि, स्रोतव्यक्ति, प्रधानाध्यापक, विव्यस अध्यक्ष र विषयविज्ञ नामका झेले शिक्षकहरू समेत संलग्न रहन्छन् । आर्थिक भ्रष्टाचारमा कर्मचारी नै हावी देखिन्छन् । विव्यस र राजनीतिज्ञलाई प्रक्रिया, कागज मिलाएर वैधानिक भ्रष्टाचार गराउनमा चैं प्रधानाध्यापक र शिक्षाका कर्मचारी माहिर देखिन्छन् ।

 

आर्थिक भ्रष्टाचारमा ‘तैं चूप, मै चूप, मिलेर खाऔं’को नीति देखिन्छ । विव्यस गठन, राहत÷करार शिक्षक नियुक्तिमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र अध्यक्षले समेत तीन हजारदेखि पाँच हजारसम्म भत्ता लिने गरेको देखिन्छ । यसरी भत्ता खानेमा स्रोतव्यक्ति, विनि र विषयविज्ञ लगायत तिनका आसेपासे हुन्छन् । एउटा शिक्षक नियुक्तिमा भत्ता खाने बहानामा करीब रु २० हजार विद्यालय कोषबाट खर्च गरिन्छ, जबकि सबैले आफ्नो नियमित डिउटी नै गरेका हुन्स तलब त उनीहरूले पाएकै छन् । यसैगरी शिक्षक नियुक्तिमा वैधानिक भ्रष्टाचार बाहेक पर्दा पछाडि हुने पैसाको लेनदेन झ्न् भयावह छ । राहत÷करारमा जागिर खानेले जागिर पक्का गरिदिने शर्तमा रु।१ लाखसम्म खर्च गरेका उदाहरण प्रशस्त भेटिन्छन् ।

 

आर्थिक भ्रष्टाचारको अर्को क्षेत्र विद्यालयको कोषमा नेपाल सरकारबाट प्राप्त नियमित अनुदान हो भने भूकम्पपछिको पुनःनिर्माणको भौतिक बजेट नयाँ अवसर हो । यस्तो भ्रष्टाचारमा आम शिक्षकको संलग्नता र पहुँच खासै देखिंदैन । पुस्तक र मसलन्द खरीददेखि दिवा खाजा, छात्रवृत्ति, पुस्तकालय अनुदान आदि सबै शीर्षकको रकममा प्रधानाध्यापक र अध्यक्षको मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइन्छ । यसको हिस्सा लेखा परीक्षकसम्म पुग्ने गरेको देखिन्छ । विद्यालयको सामाजिक परीक्षण समितिमा अनपढ या सोझ व्यक्ति राखी आफू अनुकूलको बनाएर सजिलै सामाजिक परीक्षण गरी आर्थिक भ्रष्टाचारलाई वैध बनाउने डरलाग्दो प्रवृत्ति हाम्रा सामुदायिक विद्यालयमा झङ्गिएको छ ।

 

सिन्धुपाल्चोकको एक आधारभूत विद्यालयमा आफ्नो पार्टी र अनुकूलको प्रअ बनाउन करीब एक महीनाको गोप्य प्रयत्न भएछ । यसमा राजनीतिक दल र खासगरी स्रोतव्यक्ति, पूर्वस्रोतव्यक्ति, शिक्षक, संघ, पूर्व प्रअ लगायत निकै लागिपरेछन् । विव्यस अध्यक्ष र एक÷दुई सदस्य समेत र किन्ने गरी र उल्लिखित जमातले एक लाख लिएर बाँडीचुँडी खाएछन् र उनीहरूले भने बमोजिमको प्रअ बनाएछन् ।

 

यस्तो बेथितिबाट नियुक्त शिक्षक र प्रअले कस्तो गुणस्तर दिन्छन् रु हाल सिन्धुपाल्चोकका प्रत्येक विद्यालयमा रु।१ करोडदेखि रु।३ करोडसम्मका भौतिक निर्माणको बजेट आएको देखिन्छ । यही रकममा च्याँखे थाप्न आफ्नो अनुकूलको निर्माण समिति बनाउन दल र प्रधानाध्यापकहरूको दौडधूप देखिन्छ । भौतिक बजेटमा जिशिअ, शिक्षाको इन्जिनियर, शिक्षाका अधिकृत, विनि, स्रोतव्यक्ति, प्रधानाध्यापक, विव्यस अध्यक्ष समेतले हिस्सा लिई मिलीजुली काम गर्नेस बाँडेर खानेस कागजपत्र मिलाउनेसम्मका कामहरू हुन्छ । यसरी विद्यालयलाई प्राप्त आर्थिक अनुदान ५० प्रतिशतसम्म दुरुपयोग, चुहावट भएको पाइन्छ ।

 

निष्कर्ष

हाल सामुदायिक विद्यालयमा यताका दिनमा शिक्षक, प्रधानाध्यापक, विव्यस, अभिभावक र राजनीतिक दलहरूबाट समेत प्रत्यक्ष–परोक्ष रूपमा हुने शैक्षिकस राजनीतिक र आर्थिक भ्रष्टाचार बढ्दै गएको यथार्थ हो । अधिकांश विद्यालय भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । हो, कतिपय विद्यालयहरू राम्रा पनि छन् । राम्रा विव्यस, प्रअ, शिक्षकहरू पनि छन् । तर ती ओझ्ेलमा छन्, नगण्य छन् ।

 

 नराम्रो प्रवृत्तिले राम्रो गर्नेलाई समेत हतोत्साहित पार्न थालेको छ । नियमन, नियन्त्रण छैन, त्यसैले ‘मिलेर लुटौं’ को मान्यता स्थापित हुँदै गएको छ । सामुदायिक विद्यालयमा रहेको यस्तै भ्रष्टाचारजन्य बेथिति र कुसंस्कारले हाम्रा सामुदायिक विद्यालय रुग्ण हुँदै गएका, हामी शिक्षकको मर्यादा घटेको र शैक्षिक गुणस्तर खस्किएको हो ।


 राज्यको अर्बौं लगानी बालुवामा पानी भएको हो । शिक्षाका नाउँमा राज्यको नून खाने प्रत्येकले हृदयङ्गम गरौं— सामुदायिक विद्यालय हराभरा बनाउने दायित्व तपाईं हाम्रै हो । आजै र अहिल्यैबाट बेथितिको जरो उखेलौं । सकारात्मक सोच र दृढ इच्छाशक्ति लिएर अघि बढौं । भ्रष्टाचारीलाई दण्डित गराऔं, शिक्षामा मौलाउँदै गएको भ्रष्टाचार र विकृतिलाई परास्त गरौं । धनञ्जय शर्मा अधिकारी,शिक्षक मासिक     

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार