• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
प्रविधी

बुद्ध एयरको एटिआर ७२ जहाज काठमाडौंमा 

काठमाडौं । नेपालको सबैभन्दा ठूलो आन्तरिक एयरलाइन्स बुद्ध एयरले जहाज थपेको छ। एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर ७२ जहाज ल्याएको हो।

 

एयरलाइन्सको उक्त जहाज आज काठमाडौं आइपुगेको हो । यसससँगै बुद्ध एयरको जहाज जहाज संख्या १३ पुगेको छ भने एटिआर ७२ जहाजको संख्या ८ पुगेको छ  । बुद्धसँग अर्को तीन वटा एटिआर ४२ र १९०० डी जहाज पनि रहेको छ । यससँगै बुद्धले अक्टोबर महिनामा अर्को जहाज भित्र्याउन लागेको बताएको छ । 

 

यस नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ । आउँदा विभिन्न चाडपर्वहरुमा यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ । जहाज थप भएपनि एयरलाइन्सले उडान संख्या भने थप गर्ने छैन। उसले जहाजको मर्मत तथा हेरचाहका लागि जाँदा नियमित उडानलाई कुनै बाधा नहुनेगरी व्यवस्था मिलाउने छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार