• सोमबार ४-१८-२०८३/Monday 08-03-2026
देश/प्रदेश

भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

 

मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । 

 

बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

 

सोमवार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार