गृहमन्त्री गुरुङले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामा घोषणा गरेका हुन् । २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारीबाट आजैदेखि लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन्।
नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीर रुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ । “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन्।
देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजलाई संकेत गर्दै उनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने बताएका छन्। साथै, आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुन सकोस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे।
उनले आफ्नो निर्णयलाई “नैतिक जिम्मेवारीको निर्वाह” भन्दै सञ्चारकर्मी, नागरिक समाज र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस