• सोमबार ५-२९-२०८३/Monday 09-14-2026
देश/प्रदेश

हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

 

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ।

 

पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ।

 

मधेश प्रदेशको तराई भूभागमा आज दिनभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार