• सोमबार ११-२५-२०८२/Monday 03-09-2026
मनोरञ्जन

‘लालीबजार’ मा खड्काको फरक रुप

काठमाडौँ । षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ प्रदर्शन मिती वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ । सार्वजानिक टिजरमा चलचित्रको मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।

 

चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । 

 

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार