फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय
काठमाडौं । नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
फेसबुक, ट्वीटर (एक्स) र वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा आएका छैनन् ।नेपालमा भाइबर, टिकटक, विटक र निम्बज जस्ता सामाजिक सञ्जाल सूचीकरण भएका छन् ।





प्रतिकृया दिनुहोस