‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न अदालतको आदेश
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले चलचित्र ‘एक्टर : टेक वन’को बुधवारको प्रदर्शन तत्कालको लागि रोक्न अन्तरकालीन आदेश जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले सो चलचित्रको प्रदर्शन २२ माघसम्म रोक्न अल्पकालीन आदेश दिएको हो । चलचित्रका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । चलचित्रको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् ।
अदालतले उनको माग बमोजिम तत्काल अन्तरिम आदेश नदिएर अल्पकालीन आदेश दिएको हो । अदालतले प्रत्यार्थी झिकाउन समेत भनेको छ । रिटमा ‘एक्टर स् टेक वन’लाई कुनैपनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस