तीन दिन राष्ट्रिय शोकको घोषणा
काठमाडौं । सरकारले बाढी–पहिरो–डुबानमा परेर मृत्यु भएकाको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । आजदेखि देशभरका सरकारी कार्यालय र नियोगहरूमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णण गरेको छ । त्यस्तै बेपत्ता रही १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णय समेत सरकारले गरेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले समग्र स्थितिबारे मन्त्रिपरिषद्मा जानकारी गराउँदै उहाँले बाढी पहिरोमा परी सोमबार साँझसम्म २ सय ९ जनाको मृत्यु भएको, २९ जना बेपत्ता भएको र २ सय ४८ जना घाइते भएको विवरण पेश गर्नुभएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस