• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
मनोरञ्जन

‘मनसरा’ को ट्रेलर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बुधवार एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सामाजिक कथामा आधारित चलचित्रको चार मिनेट लामो ट्रेलरमा दुई अलग समुदायका पात्रको कथा देख्न सकिन्छ । जसमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको प्रेमलाई प्रस्तुत गरिएको छ ।

 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान प्रमुख भुमिकामा देखिनुभएको छ । हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन ।

 

सिजन दाहाल कार्यकारी निर्माता रहेका चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन भने एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्ने चलचित्र आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार