• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु,३ जना घाइते

काठमाडौं । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आज बिहान मेल्लेख गाउँपालिका— ७ सुयेडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिएका छन । 


 
पाठकका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको छ । ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको डीएसपी पाठकको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार