• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

शिक्षा मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ हो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् ।सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी बनाउनुपर्नेमा जोड दिए ।

 

  उनले भने 'शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत हो । जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो मुलुकले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्दछ, त्यो देशको जनशक्ति राष्ट्रिय मात्र नभएर विश्वबजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ, सामाजिक सभ्यता र संस्कृतिमा गुणस्तर प्रगति हासिल गर्दछ ।'

 

नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत उनले स्मरण गरे ।उनले शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ भएको पनि बताए ।

 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरु गिरिराजमणि पोखरेल, नारायण दाहाल लगायतले परिवर्तनको प्रवाहको संरक्षणका लागि गाउँ, टोलटोलमा खटिने शिक्षकको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार