• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

अमेरिकी राष्ट्रपति जो बाइडन अकस्मात् युक्रेन पुगे

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन्।

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही मिनेटअघि मात्र आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्।'जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ ! तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो, उनले लेखेका छन्।

 

पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन्।युक्रेनको राजधानीमा 'महत्त्वपूर्ण व्यक्ति आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो।तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो।

 

 

एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले "युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने" बताएका छन्।


उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो।युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुगेका हुन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार