• मंगलबार ८-१३-२०७९/Tuesday 11-29-2022
मनोरञ्जन

आस्था राउतको स्वरमा ‘कोशिस गर’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोशिस गर’ सार्वजनिक भएको छ । गीतमा साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ ।

 

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

 

भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत छिन् । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहिन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन् ।

 

गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाईमा भर पर्ने हो’, आस्थाले भनिन् ।

भिडियोमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’की रिता राई, इश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्व फिचर्ड छन् ।

 

गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतबाट सार्वजनिक भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ ।

भिडियो 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार