• मंगलबार ६-११-२०७९/Tuesday 09-27-2022
मनोरञ्जन

चलचित्रमा देशभक्ति कथा !

काठमाडौं, फ्रेसन्युज संवाददाता । कुनै समय यस्तो थियो जुनबेला राष्ट्रियता, देशप्रेम अनि देशको जल्दोबल्दो समस्यामाथि चलचित्रहरु  धेरै बन्ने गर्थे तर अहिले त्यो क्रम घटेको छ । चलचित्र आमा देखि आजसम्म आउँदा हजारौं चलचित्र निर्माण भइसकेका छन् । तर राष्ट्रियता र देशभक्तिका विषयमा जनतालाई जागरुक गराउने चलचित्र भने एकाध मात्र बनेका छन् । 

चलचित्र बलिदान, जन्मभूमि, वीर गणेशमान, भीमदत्त, दशगजा, उमा जस्ता केही चलचित्रहरुले देश, समाज, राष्ट्रियता र स्वतन्त्रताको वकालत गरेका थिए । रामेशको सङ्गीत-संवाद, मोदनाथ प्रश्रितको कथा तथा तुलसी घिमिरेको निर्देशनमा बनेको बलिदान मुख्यत : २०४६ सालको जन–आन्दोलनको पृष्ठभूमिमा केन्द्रित थियो । २०५२ सालमा लेखक÷चलचित्रकर्मी मोहन निरौलाको निर्देशनमा बनेको चलचित्र जन्मभूमिले राष्ट्रियता, राष्ट्रप्रेम उजागर गरेको थियो । त्यस्तै नवल खड्काको दशगजा र भीमदत्तले पनि चलचित्रमा राष्ट्रियताको कथा उठान गरेको थियो ।
 
चलचित्र निर्देशक निर शाह भन्नुहुन्छ, नेपाली चलचित्र कोरा राजनीतिसँग सिधै सम्पर्क राखेर बनाउन त खोजिन्छ तर एकदमै कम । राजनीतिक सिद्धान्त बोकेका चलचित्र यहाँ नबनेका होइनन् तर त्यसलाई आफुले सहज ढंगबाट प्रस्तुत गर्न पाईदैन । शाहको अनुसार, यहाँ चलचित्र राम्रो नराम्रो बनाउने भन्दा पनि चलचित्रको प्रस्तुति र शैलीको कुरा मुख्य बिषय हो । राष्ट्रियताका चलचित्र त यहाँ बनेका छन् तर त्यो आफनै माटोसँग जोडिएको हुनुपर्‍यो । 

 

राष्ट्रियताको विषयमा केन्द्रित रहेर चलचित्र नबने पनि फाटफुट यस्ता विषयहरू समेटेका छन चलचित्रले  । तर पछिल्लो समयमा भने देशप्रेमका भावना जागृत गर्ने र राष्ट्रियताको सन्देश प्रवाहित गर्ने खालका चलचित्र बनाउने लहर नआएको पनि होइन। २०६२/०६३ को जनआन्दोलनपछि माओवादी ‘जनयुद्ध’ का कथामा बनेका चलचित्रहरूले पार्टीगत क्रियाकलाप र विचारलाई बढी प्राथमिकता दिए । २०४४ सालपछि सरकारले चलचित्र निर्माणमा फराकिलो सोचपछि एकाएक गति लिए पनि राष्ट्रियता झ्ल्काउने चलचित्रमा भने चलचित्रकर्मीको ध्यान पुगेको देखिदैन । विषय बस्तुको गहनता, खोज अनुसन्धानमा प्रयाप्त समय दिनुपर्ने, एतिहासिक दस्तावेज संकलन जस्ता कार्यमा धैर्यता कम छ भने राज्यका तर्फबाट यस्ता चलचित्र निमार्णमा प्रोत्साहानका कार्यक्रम र योजनाहरु नहुँदा पनि यस्ता बिषयहरु छाँयामा परेको देखिन्छ । 


निर्देशक यादव खरेल भन्नुहुन्छ, अहिले चलचित्र क्षेत्र  नै असहज परिस्थीतिमा छ । राष्ट्रियताको कुरामा पनि यही नै हो । चलचित्र हलमा गएर हेर्ने एकदमै कम दर्शक हुनुहुन्छ । त्यसमाथी अहिले प्रविधीको बिकासले पनि चलचित्र क्षेत्रलाई मार परेको छ । उहाँ भन्नुहुन्छ, राष्ट्रिय चलचित्र निती लागु हुन नसक्नाले पनि यस्ता खालका चलचित्र बन्न नसकेको हो । यसमा चलचित्र बिकास बोर्डको पनि ठुलो हात हुन्छ । बिकास बोर्डको जे दायित्व हो त्यो नेतृत्व राम्रो नभएर पनि निर्देशकहरुले आफुले चाहेको अनुसार चलचित्र निमार्ण गर्न सकेका छैन । 
 
चलचित्र निर्देशकहरु चलचित्रले राष्ट्रवादी चिन्तनलाई जनमानसमा पु¥याओस् भनेर चलचित्रमा जोखिम मोलेर भए पनि लगानी गर्ने गर्छन । देशप्रेम र राष्ट्रिय एकतामा केन्द्रित चलचित्रको लहर आउनु सकारात्मक हो तर त्यसको कथाको कुरा आफनै माटोको हुनु जरुरी देखिन्छ । विदेशी चलचित्रको नक्कलको प्रभाव अझै रहेको हाम्रो नेपाली चलचित्र क्षेत्र राष्ट्रियता जगाउने चलचित्र बनाउन केही पहल गर्ने हो भने नेपाली चलचित्रहरुले सद्भाव र राष्ट्रियता जगाउनमा ठूलै भूमिका खेल्न सक्छन् ।

 

प्रजातान्त्रिक चेत जगाउने खालका चलचित्र कम नै बनेको बताउनुहुन्छ चलचित्र निर्माता-निर्देशक नवल खड्का । उहाँ भन्नुहुन्छ, हामीले राष्ट्रियता जगाउने खालका चलचित्र बनाउन नखोजेको होइन तर दर्शकले नै यस्ता चलचित्रलाई त्यति रुची देखाउनुहुन्न । दर्शकको रोजाइमा राष्ट्रियता भन्दा पनि बलिउड÷हलिउडका चलचित्रहरु धेरै पर्छन । फेरी हामीले चलचित्र बनाउन खाज्यौं भने पनि सम्बन्धीत निकायबाट खासै पहल हुँदैन । हामीले बनाउने चलचित्रको कथा र बिषयबस्तु राष्ट्रिता कै हुन्छ तर अब राजनीतिक चलचित्र भन्ने बित्तिकै बितृष्णा जागेर आउने भयो । दर्शकले राजनीतिक बिषयका चलचित्रलाई खासै रुची दिएको देखिँदैन ।


 
प्रजातन्त्र अहिले गाईजात्रा जस्तो भएको बताउँनुहुन्छ कलाकार हरिवंश आचार्य । मान्छेहरुमा प्रजातन्त्र नै बितृष्णा जस्तो भएको छ । आर्चाय थप्नुहुन्छ, राष्ट्रियता बोकेको चलचित्र यहाँ राज्यले नै लगानी गरेर बनाउनुपर्ने हो तर राज्य यसबारे बेखबर छ । यसमा जसले यस्तो चलचित्रमा लगानी गर्छ उसले आफनो लगानी सुरक्षित होस् भन्ने नै सोच्छ । प्रजातन्त्रमा अनुशासन सबैभन्दा ठुलो कुरा भएको आर्चायले बताउनुभयो । चलचित्र राम्रो बनायो भने बजार पनि राम्रो चल्छ । कहिलेकाँही समायले चलचित्र क्षेत्रलाई अफ्ठ्यारो पनि पार्ने गरेको उहाँको भनाई थियो । कोरोना कहरले चलचित्र क्षेत्रमा भएको बजारलाई पनि अफठ्यारोमा पारिदियो । आर्चायले भन्नुभयो, जुनबेला परिवर्तनको समय थियो त्यो समय बलिदान चलचित्र बन्यो । त्यस्तै समयमा बनाउनुपर्ने चलचित्र थियो बलिदान । चलचित्र बलिदानमा जे भनिएको छ, ‘तिमीहरु भोली पर्सी सुकिला मुकिला होलाउ, तिमीहरु आफु धनी बन्न कोशिस गर्लाउ, तिमीहरुले बाटो बिराउलाउँ भनेर चलचित्रमा जुन सन्देश दिइएको थियो ठ्याक्कै अहिले त्यहि भइरहेको आर्चायले बताउनुभयो ।

 

पटक पटक भएका राजनीतिक परिवर्तनले समाज र व्यवस्थालाई परिर्वतन त ग¥यो तर ती घटनाक्रमलाई चलचित्रमा उतार्ने र यसको चलचित्र मार्फत अभिलेखीकरण गर्दै आउने पुस्तालाई हस्तान्तरण गर्ने कुरामा भने प्रसस्तै कमजोरी भएका छन । चलचित्रको वितरण पनि बढ्न थाल्यो । सिनेमा बजार विस्तार भयो । नेपाली निर्माताहरू हिन्दी चलचित्रको प्रभाव कम गर्न प्रयासमा केहि हदसम्म लागे पनि राष्ट्रियता र स्वतन्त्रताको पक्षमा चलचित्र जुनरुपमा बन्नुपर्ने थियो त्यस्तो अझसम्म हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार