• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

नेपालको औपचारिक भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाईस्वागत गरेका छन ।

 

भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।


भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा.आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा.नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार