फेरी देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ र मधेश प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ। महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै बिहीबार भने देशभरको मौसम बदली रहनेछ। प्रत्येक प्रदेशमा स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। बिहीबार देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना छ।
बिहीबार राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस