• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

नारायण निरौलाको पहिलो उपन्यास 'द सेकेण्ड गड' बजारमा

काठमाडौं। सिद्धार्थ वनस्थली इन्स्टिच्युट, पनौतीका प्रधानाध्यापक नारायण निरौलाको पहिलो उपन्यास 'द सेकेण्ड गड' विमोचन भएको छ। आज राजधानीमा आयोजित एक कार्यक्रमका बिच  पुस्तक बिमोचन गरिएको हो ।  

 

बिएन पुस्तक संसारका संचालक ठाकुर चापागाईँको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपाल, साहित्यकार प्रभा बराल,अनुपम रोशी, सिद्धार्थ वनस्थली इन्स्टिच्युटका ब्यबस्थापन समितिका अध्यक्ष केसव थापा, सजन थापा, नारायण निरौला लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन ।

 

‘लेखक बौद्धिक ब्यक्तित्व भएकाले पुस्तक पक्कै पनि राम्रै बनेको हुनुपर्छ । म उहाँलाई थप सिर्जनशील यात्राका लागि बधाइ दिन्छु,’ प्रमुख अतिथिका रुपमा बोल्दै डा.शैलेन्दुप्रकाश नेपालले भने ।

 

कार्यक्रममा साहित्यकार द्वय प्रभा बराल र अनुपम रोशीले लेखक निरौलालाई कृतिका लागि बधाइ तथा शुभकामना दिएका थिए। निरौलाले आफूले अलि फरक संसारको कल्पनालाई उपन्यासमा उतारेको बताए । उनले 'द सेकेण्ड गड' विज्ञानमा आधारित उपन्यास भएको पनि धारणा राखे ।

 

कार्यक्रमको संचालन कवि एवं प्रस्तोता मन्जिला अनिलले गरेकी थिइन् भने स्वागत मन्तव्य बिएन पुस्तक संसारका कार्यकारी प्रमुख सूर्य बिसीले राखेका थिए। १२८ पृष्ठको उक्त उपन्यासको बजार मूल्य २७५ रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार