• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

गुँरास लाइफको साधारणसभा सम्पन्न

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो । 

 

साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी रु. १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम रु. १०करोड ८६ लाख ६५ हजार ४०० बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत रु. ५७ लाख १९ हजार र्२ सय ३१.५७ नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ । 

 

बोनस शेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंक (Fraction Share) शेयर र पहिला यथावत कायम रहेको दशमलब पछिको अंक (Fraction Share) शेयर समेत थप गर्दा १ कित्ता शेयर दिन सकिने भएमा सो दिई बाँकि रहन आउने दशमलब पछिको अंक (Fraction Share) शेयरलाई यथावत राख्ने प्रस्ताव समेत पारित गरेको छ । 

 

बोनस शेयर जारी पश्चात् बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार