• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

बागलुङका ७१ वडामा एमाले नेतृत्व चयन, नेतृत्वमा महिला सहभागिता छैन

बागलुङ । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । 

 

कमिटिमा ३३ प्रतिशत भन्दाबढी महिलाको सहभागिता रहेको दाबी गरिएपनि मूल नेतृत्वमा पुरुष मात्र चुनिएका हुन् । 

 

अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने छाँटकाट देखिएको छैन । जिल्लाका ८५ वडामध्ये एउटामा पनि महिला नेतृत्व चुनिन नसक्नु समावेशी सिद्धान्त विपरीत भएको कतिपयको ठहर छ ।

 

एमाले निकट अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सावित्रा रानाले आफूहरु निर्णायक ठाउँमा हुँदाहुँदै पनि महिलालाई नेतृत्वमा उभ्याउन नसकिएको स्वीकार गरिन् ।

शनिबार देशभर एकैसाथ एमालेको वडा अधिवेशन शुरु भएको थियो । जसअन्तर्गत यहाँका ७१ वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार