• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको निधन भएको छ ।

 

वरिष्ठ पत्रकार ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको उपचारको क्रममा निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिकजनले जनाएको  छ । 

 

गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो। त्यहाँबाट राति पुनः विराटनगर लगिएको थियो ।

 

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए। उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थियो ।

 

गुप्ताको शव आज बिहान १०ः३० बजे हिन्दु रीति रिवाज  अनुसार खुट्टिखोलामा दाह संस्कार गरिएको नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णले जानकारी दिए ।गुप्ताको एक पत्नी, दुई छोरा र एक छोरी छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार