मंसिर २२ र २३ गतेलाई तोकियो नाडाको निर्वाचन
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ ।
शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । यस्तै, नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।
नाडाको आसन्न २४ औं निर्वाचनका लागि अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि, समझदारीमा एसोसिएसनको नेतृत्व चयनको गृहकार्य भइरहेको नाडाले जनाएको छ ।
यस्तै बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।
नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्नेछन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा सामानहरु वितरण गरेको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस