• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

एमसीसीमा केपी ओलीको सरकारले सीमा नाघेर काम गरेकाले अहिले प्रश्न सोध्नु परेको नेपालको टिप्पणी

काठमाडौं । माधव नेपालले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् ।

 

मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एक साताभित्रमा सरकारले पूर्णता पाउने बताए । तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको र आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन सँगै जाने पनि उनले बताए ।

 

  एमसीसीका निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोध्नु परेको समेत उनले टिप्पणी गरे ।अध्यक्ष नेपालले पार्टी देश र जनताप्रति समर्पित हुने बताउँदै सोहीअनुसार आफ्नो भूमिकामा खरोरुपमा उत्रिन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

 

एमाले विभाजन गरेर माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै उक्त कार्यालय ५ वर्षको लागि भाडामा लिएका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार