• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

नाडा टोली र अर्थमन्त्रीबीच भेट, बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ। नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री शर्मासँग भेटी प्रतिस्थापन बजेटले अटोमोबाइल्स क्षेत्रमा पारेको प्रभाव बारे छलफल गरेको छ। 

 

उक्त अवसरमा बोल्दै उपाध्यक्ष चौधरीले एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । एसेम्बल कति पाटर्समा आउनुपर्ने हो, कुन पार्टस एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नुपर्ने बताए ।

 

चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने बताउँदै सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने सुझाव पनि दिए। नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनुपर्ने चौधरीको भनाई छ।

 

छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतीले नेपालमा १६० सिसीसम्मका मोटरसाइकलहरु दुई तिहाईको संख्यामा बिक्री हुने बताउँदै अहिलेको सेगमेण्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताए । सरकारले गरेको बर्तमान सेगमेण्टलाई पहिले कै अवस्थामा ल्याउदा सबैलाई सहज हुने उनको भनाइ छ।

 

दुगड ब्रदर्श एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सिसि भन्दा माथीका मोटरसाइकललाई हेभी सवारी साधन मानेको तर नेपालको पहाडी धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सिसिका मोटरसाइकल आवश्यक पर्ने बताए । 

 

अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरुपका नीतिहरु ल्याइएको दाबी गरेका छन् । उद्योग व्यवसायक्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पूनरावलोकन आयोग समेत गठन गर्न लागेको जानकारी गराउँदै उनलेसरकारबाट कंहा कंहा कमजोरी भए त्यसको समेत समाधान गरिने बताएका छन् ।

 

छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, एम ए डब्लु इण्टरप्राइजेज प्रा।लि।बाट राजु श्रेत्री, एस।एल।आर टेक्नो ट्रेड प्रा।लि।बाट सुगम घिमिरे लगायतको उपस्थिति रहेको महासचिव सुनिल रिजालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार