• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

असोज ६ बाट साहस उर्जाको दोस्रो चरणको आईपीओ निष्कासन

काठमाडौं । साहस उर्जा लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आउँदो असोज ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।

 

 कम्पनीले ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता आईपीओ निष्कासन गर्न जनाएको छ ।

 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

 

 बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यस आईपीओको निष्कासन बन्द छिटोमा असोज १० गते र ढिलोमा असोज २० गते बैंकिङ समयपछि हुनेछ।

 

यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार