• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

साउन २० मा सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुल्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० बाट साधारण सेयर निष्कासन गर्ने भएको छ ।

 

 कम्पनीले एक सय अङ्कित दरका ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

 

यसमध्ये तीन लाख कित्ता सेयर कर्मचारीका लागि, तीन लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५४ लाख कित्ता सेयर सर्वसाधरणको लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

 

आईपीओमा साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार